Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

युनाइटेड इदी–मर्दीको आइपीको कात्तिकसम्म विक्री खुला हुने

युनाइटेड इदी–मर्दीको आइपीको कात्तिकसम्म विक्री खुला हुने

काठमाडौं, २२ असोज । युनाइटेड इदी–मर्दी एण्ड आरवि हाईड्रोपावर लिमिटेडको आईपीओ कात्तिक ६ गतेसम्म विक्रीमा खुला हुने भएको छ । आईपीओ छिटो अवधि असोज २१ गतेभित्र विक्री नभएकाले ढिलो अवधि अर्थात् कात्तिक ६ गतेसम्म विक्रीमा रहने भएको हो ।

कम्पनीले आयोजना प्रभावित कास्की जिल्लाका स्थानियको लागि ४ करोड २० लाख बराबरको ४ लाख २० हजार कित्ता आईपीओ विक्री खुला गरेको हो ।
यो शेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ । कम्पनीले कुल १० लाख ५० हजार कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट गत फागुन ११ गतेनै स्वीकृति पाएको थियो ।

यसमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानियका लागि ४ लाख २० हजार कित्ता आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ६ लाख ३० हजार कित्ता शेयर विक्री खुला गर्नेछ । यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजारकित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x