Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सन् २०२१ मा नेपालको आर्थिक बृद्धि ०.६ प्रतिशत हुने विश्व बैंकको अनुमान

सन् २०२१ मा नेपालको आर्थिक बृद्धि ०.६ प्रतिशत हुने विश्व बैंकको अनुमान

काठमाडौं, २२ असोज । विश्न बैंकले सन् २०२१ मा नेपालको आर्थिक बृद्धि ०.६ प्रतिशत रहने अनुमान गरेको छ । बैंकको पछिल्लो दक्षिण एशिया स्तरिय आर्थिक प्रतिवेदनका अनुसार कोभिड लकडाउनले आर्थिक गतिविधिमा विशेषगरी पर्यटन क्षेत्रमा पुर्याएको अवरोधका कारण सन् २०२० मा ०.२ प्रतिशतमात्र रहेको नेपालको आर्थिक वृद्धि केही बढ्ने अनुमान गरेको हो ।

आज सार्वजनिक गरिएको अर्धवार्षिक अपडेटका अनुसार महामारीको विनाशकारी असर जारी रहेका कारण दक्षिण एशिया यस वर्ष हालसम्मकै शुक्ष्म मन्दीमा डुबेको छ । जसका कारण अनौपचारिक क्षेत्रका कामदारहरू सबैभन्दा बढी मारमा परेका छन् र लाखौं दक्षिण एशियालीहरु चरम गरिबीमा धकेलिदैं छन्।

पछिल्ला पाँचवर्षमा लगातार वार्षिक ६ प्रतिशतको हाराहारीमा रहेको दक्षिण एशियाको आर्थिक संकुचन दर सन् २०२० मा ७.७ प्रतिशत संकुचित हुने आँकलन सहित यस प्रतिवेदनले दक्षिण एशिया भरी अपेक्षा गरिएको भन्दा निकै तिब्र आर्थिक गिरावट हुने प्रक्षेपण गरेको छ । सन् २०२१ मा क्षेत्रिय वृद्धि ४.५ रहने अनुमान छ ।

जनसंख्या वृद्धिको अनुपात हेर्दा यस क्षेत्रको प्रति व्यक्ति आय सन् २०१९मा अनुमान गरिए भन्दा ६ प्रतिशतले कम रहनेछ । अबको समयमा हासिल गरिने आर्थिक वृद्धिले पनि विद्यमान महामारीको स्थायी आर्थिक क्षतिलाई परिपूर्ति गर्नेछैन भन्ने यसले संकेत गर्दछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x