Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

फ्रिक्वेन्सी पाए देशभर दैनिक दुई घण्टा निःशुल्क इन्टरनेट दिने वर्ल्डलिङ्कको घोषणा

फ्रिक्वेन्सी पाए देशभर दैनिक दुई घण्टा निःशुल्क इन्टरनेट दिने वर्ल्डलिङ्कको घोषणा

काठमाडौं, २२ असोज । वर्ल्डलिङ्कले फ्रिक्वेन्सी पाएको खण्डमा देशभर दैनिक दुई घण्टा निःशुल्क इन्टरनेट दिने घोषणा गरेको छ । एक्सप्रेस वाईफाईका लागि फेसबुकसँग भएको सहकार्यको विषयमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलिप अग्रवालले यस्तो घोषणा गरेका हुन् ।

फ्रिक्वेन्सी उपलब्ध भएमा निःशुल्क इन्टरनेट हरेक डिभाइसमा दैनिक दुई घण्टासम्म निःशुल्क इन्टरनेट दिइने उनले बताए । निम्न वर्गका प्रयोगकर्तासम्म पुग्ने कम्पनीको लक्ष्य अनुरुप नै आफूहरुले फ्री वाईफाई परियोजना सुरु गरेको अध्यक्ष अग्रवालले बताए ।

त्यस्तै कम्पनीले आगामी तीन वर्षमा देशका ३० हजार स्थानमा फ्री वाईफाई सेवा विस्तार गर्ने घोषणा समेत गरेको छ । कम्पनीको वाईफाई परियोजनाका म्यानेजर पुनित मानन्धरले हाल १० हजार स्थानमा उपलब्ध भइरहेको कम्पनीको फ्री वाईफाई सेवा आगामी दिनमा थप विस्तार गरिने बताए ।

उनका अनुसार हाल फ्री वाईफाई उपलब्ध भइरहेका १० हजारमध्ये सात हजार ५ सय स्थानमा फेसबुकको एक्सप्रेस वाईफाई उपलब्ध भइसकेको छ ।

नियामकको निर्देशिका अनुरुप वाईफाई सेवा सुरक्षित बनाइएको कम्पनीले जनाएको छ । वर्डलिङ्कले टाइम र भोलुमको आधारमा फ्री वाईफाई उपलब्ध गराउँदै आएको छ । कम्पनीका प्रमुख प्राविधिक अधिकृत समित जनले यो परियोजनाले नेपालमा डिजिटल डिभाइडलाई कम गर्न योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x