सुन र चाँदी कै मुल्य घट्यो

काठमाडौं, २८ असोज । बुधबार स्थानीय बजारमा सुनको मूल्य ६०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा खरिद विक्री भइरहेको छ । त्यस्तै तेजावि सुन प्रतितोला ९४ हजार रुपैयाँमा खरिद विक्री भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । हिजो प्रतितोला एक हजार २२५ रुपैयाँमा खरिद विक्री भएको चाँदी आज प्रतितोला एक हजार २०५ रुपैयाँमा खरिद विक्री भइरहेको महासंघले जनाएको छ ।