युनाइटेड इन्स्योरेन्सको बीमाशुल्क आर्जनमा ४४ प्रतिशत वृद्धि

काठमाडौं, ३ कात्तिक । युनाइटेड इन्स्योरेन्स कम्पनीले अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बीमाशुल्क आर्जनमा ४४ प्रतिशतले वृद्धि गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा १८ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेकोमा चालू आर्थिक वर्षको सोही अविधिमा २६ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको कम्पनीले बताएको छ ।
कोरोना महामारीको विषम परिस्थितिमा समेत कम्पनीले बीमाशुल्क आर्जनमा उल्लेख्य प्रगति हासिल गरेको देखिएको छ । वर्तमान समयमा ग्राहक सेवा, दाबी भुक्तानी प्रक्रियाका साथै ग्राहकमुखी बजार क्रियाकलापमा व्यापक सुधार गरिएको कम्पनीले बताएको छ । कम्पनीले आगामी दिनमा पनि आफ्ना ग्राहकका लागि सरल, सहज र सुपथ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *