Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेप्से परिसूचक दोहोरो अंकले वृद्धि, कारोबार रकम घट्यो

नेप्से परिसूचक दोहोरो अंकले वृद्धि, कारोबार रकम घट्यो

काठमाडौं, ३ कात्तिक । सोमबार (आज) नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएर बन्द भएको छ । आज नेप्से परिसूचक १३.५८ अंक वृद्धि भई १५७०.३८ विन्दुमा उक्लिएको हो । नेप्से परिसूचक वृद्धि भएको भएपनि कारोबार रकममा भने कमी आएको छ । हिजो एक अर्ब २५ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज त्यो रकम घटेर ९७ करोड ९० लाखमा सीमित भएको छ ।

१८९ कम्पनीको ३३ लाख ५३ हजार २०१ कित्ता शेयर खदिर विक्री भएको छ । हाज पनि जनरल इन्स्योरेनस कम्पनी नेपाल लिमिटेडको नै शेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । हिजो यो कम्पनीको शेयर मूल्य ९.७८ प्रतिशत वृद्धि भएको थियो भने आज पनि यो कम्पनीको शेयर मूल्य ९.९० प्रतिशत वृद्धि भएको छ । आज यो कम्पनीको अन्तिम शेयर मूल्य ४४४ रुपैयाँ कायम भएको छ ।

सर्वाधिक मूल्यको शेयर खरिद विक्री अपी पावर कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको ४ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो ।

त्यस्तै कारोबारमा आएका १२ समूहमध्ये उद्योग समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । उद्योग समूहको ०.१६ प्रतिशत परिसूचक घटेको हो । आज सर्वाधिक परिसूचक वृद्धि हाइड्रपावर समूहको ३.३१ प्रतिशत भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x