Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

लोक सेवा आयोगका लिखित परीक्षाहरु फेरी स्थगित

लोक सेवा आयोगका लिखित परीक्षाहरु फेरी स्थगित

काठमाडौं, ३ कात्तिक । लोक सेवा आयोगले लिखित परीक्षाहरु पुनः स्थगित गरेको छ । आयोगले सोमबार सूचना जारी गरी परीक्षा महाशाखाका कर्मचारीलाई कोरोना संक्रमण देखिएकोले कात्तिक १६ गतेदेखि सञ्चालन हुने सबै परीक्षा अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो ।

त्यस्तै कर्मचारीहरु आइसोलेसनमा रहेका कारण परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउँन एवम् परीक्षा व्यवस्थापन गर्न समस्या उत्पन्न भई तत्काल परीक्षा सञ्चालन गर्न कठिनाई भएको सूचनामा उल्लेख छ ।

आयोगबाट सञ्चालन हुने परीक्षामा सहभागी हुने उम्मेद्वारहरुमा श्रृजना भएको त्रासले पनि परीक्षा स्थगित गर्नु परेको आयोगले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x