Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

क्लिनफिड लागू गर्न व्यवसायीले राखे पूर्वशर्त, आईपी टिभीका अवैध प्रसारण बन्द गर्न माग

क्लिनफिड लागू गर्न व्यवसायीले राखे पूर्वशर्त, आईपी टिभीका अवैध प्रसारण बन्द गर्न माग

काठमाडौं, ४ कात्तिक । मुलुकमा प्रसारित विदेशी च्यानल क्लिनफिड गर्ने मिति आउन केही दिनमात्र बाँकी रहँदा केबल टेलिभिजन व्यवसायीले भने यसलाई लागू गर्न केही पूर्वशर्त सरकार समक्ष राखेका छन् । सरकारले कात्तिक ७ गतेदेखि पूर्णरूपमा क्लिनफिड लागू गर्न सम्बद्ध पक्षहरूलाई निर्देशन दिएको छ । तर सम्बद्ध व्यवसायीले नेपालमा इन्टरनेटमा आधारित (ओटिटी–मोबाइल एपबाट हुने) टेलिभिजन प्रसारण बन्द गर्नुपर्ने माग गरेका छन् ।
सोमवार सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई ११ बुँदे ज्ञापनपत्र बुझाउँदै नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले क्लिन फिड लागू गर्न अवैध प्रसारण तथा ओटिटी एप्सहरू बन्द गर्न माग गरेको हो । सरकारले गरेको प्रभावकारी पहल सकारात्मक भए पनि सरकारले आपूmहरूको उक्त माग सम्बोधन गर्नुपर्ने महासंघले बताएको छ । महासंघका अध्यक्ष धुव्र शर्माका अनुसार आफूहरूको मागअनुसार नै मन्त्री गुरुङले क्लिनफिडसँगै अन्य प्रविधिमा आधारित प्रसारणका सन्दर्भमा आवश्यक प्रक्रिया मिलाउन मन्त्रालयका सचिव हरिप्रसाद बस्याललाई निर्देशन दिएका छन् ।
‘विज्ञापन नियमन गर्ने ऐन, २०७६’ अनुसार यही कात्तिक ७ गतेदेखि नेपालभित्र प्रसारण हुने टेलिभिजनमा विदेशी विज्ञापनसमेत प्रसारण गर्न पाइनेछैन । सोही ऐनअनुसार क्लिनफिड वा विज्ञानपनरहित प्रसारण गर्नुपर्नेछ । महासंघद्वारा बुझाइएको ज्ञापनपत्रमा प्रसारण अनुमति नलिएका विदेशी च्यानल र भिडियो तथा सेन्सर नभएका वा भएका चलचित्र सहजै प्रसारण हुने र प्रयोगकर्ताले हेर्न सक्ने भएकाले इन्टरनेटमा आधारित टेलिभिजन प्रसारणलाई नियमन गर्न माग गरिएको छ ।
आइपी टिभीले हाल प्रयोग गरिरहेको एन्ड्रोइड आइपिटिभी बक्समा सहजै अनधिकृत टिभी तथा श्रव्य दृश्य सामग्रीसमेत उपलब्ध हुने भन्दै महासंघले डाउनलिंक अनुमति लिएका भन्दाबाहेकका अन्य सामग्रीको प्रसारण गर्न नपाउने व्यवस्था गर्न माग गरेको छ ।
महासंघको ज्ञापनपत्र बुझ्दै मन्त्री गुरुङले क्लिनफिडलगायत विषय राष्ट्रिय कार्यसूची भएकाले यो सबैको साथ र सहयोगमा कार्यान्वयन हुने बताएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले आवश्यक तयारी गर्नुपर्ने भए त्यसो गर्न र इन्टरनेट ब्याण्डविथ ल्याउने कम्पनीलाई आवश्यक निर्देशन दिनुपर्ने भए त्यसका लागि समेत प्राधिकरणले सहजीकरण गर्ने उनको भनाइ छ ।
महासंघले क्लिनफिडमा आउन व्यवसायीलाई गरे जस्तै आग्रह इन्टरनेट ब्याण्डविथ ल्याउने कम्पनीलाई पनि गर्नुपर्नेमा मन्त्री गुरुङको ध्यानाकर्षण गराएको छ । यसअघि पनि महासंघका पदाधिकारीले मन्त्रालय र प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिमा समेत ज्ञापनपत्र बुझाएका थिए ।
नेपालमा ओटिटी–मोबाइल एपमार्फत केही टेलिभिजन प्रसारण संस्थाले प्रसारण गर्दै आएका छन् । संसद्को विकास तथा प्रविधि समितिले यसअघि नै कात्तिक ७ गते भित्र विज्ञापन बोर्ड गठन गरी विदेशी च्यानलमा विज्ञापनरहित नीति लागू गर्न सरकारलाई निर्देशन दिएको थियो । मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडीले यसअघि नै तोकिएको मितिमा क्लिनफिड लागू हुने स्पष्ट पारेका छन् । यस्तै केही दिनअघि मिडिया सोसाइटी लगायत सञ्चार संघसंस्थाले आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले समेत निर्धाधिर मितिदेखि नै क्लिन फिड लागू गर्ने निर्णयबाट सरकार पछि नहट्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x