लघुवित्तमा देखिएका विकृति रोक्न जरुरी छ : गभर्नर अधिकारी
काठमाडौं, ४ कात्तिक । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्त वित्तीय संस्थाहरूमा देखिएका विकृति रोक्न जरुरी भएको बताएका छन् । सोमवार नेपाल लघुवित्त बैंकर्स संघको १४औं साधारणसभा भच्र्युअल माध्यमबाट उद्घाटन गर्दै उनले लघुवित्तका समस्या समाधानका लागि लघुवित्त संस्थाहरूको ध्यानाकर्षण गराएका हुन ।
लघुवित्त संस्थाहरूले आफ्नो उद्देश्य हासिल गर्ने क्रममा ग्राहकलाई समस्या नहोस् भन्नेतर्फ पनि सोच्न उनले सुझाव दिए । ग्रामिण क्षेत्रमा वित्तीय पहुँच विस्तारमा लघुवित्तले ठूलो सहयोग गरेको भन्दै विकृितहरू रोक्न पहल भने अनिवार्य भएको बताए ।
सो कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशकद्वय देवकुमार ढकाल र डा. प्रकाशकुमार श्रेष्ठ, नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल, नेपाल लघुवित्त संघका अध्यक्ष जगतबहादुर पोखरेल र संघका अध्यक्ष वसन्तराज लम्सालले मन्तव्य राखेका थिए ।