Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बाग्लुङको शेराबजारमा राष्ट्रिय वाणिज्य बैंकको २ सय ४२ औं शाखा खुल्यो

बाग्लुङको शेराबजारमा राष्ट्रिय वाणिज्य बैंकको २ सय ४२ औं शाखा खुल्यो

काठमाडौं, ४ कात्तिक । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बाग्लुङको जैमिनि नगरपालिका वडा नं.–१ मा शेराबजारमा शाखा कार्यालय संचालनमा ल्याएको छ । जैमिनि नगरपालकिाका नगर प्रमुख ईन्द्रराज पौडेलले बैंकको बैंकको सो शाखा कार्यालयको उद्घाटन गरेका हुन ।

यो बैंकको २ सय ४२ औं शाखा कार्यालय हो ।

उक्त अवसरमा जैमिनि नगरपालकिाका नगर प्रमुख ईन्द्रराज पौडेलले महामारीको समयमा पनि बैंकले शाखा स्थापना गरी नगरवासीलाईलाई बैंकिङ्ग सेवा उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्दै नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

बैंकको हाल सातै प्रदेका, ७७ जिल्लामा २ सय ४२ वटा शाखा कार्यालय, २ सय ५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग संचालनमा रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x