Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

उद्योग क्षेत्रमा १९ प्रतिशतले बढ्यो लगानी प्रतिबद्धता

उद्योग क्षेत्रमा १९ प्रतिशतले बढ्यो लगानी प्रतिबद्धता

काठमाडौं, ४ कात्तिक । चालू आर्थिक वर्षमा मुलुकको उद्योग क्षेत्रमा लगानी आउने क्रम उत्साहजनक रहेको छ । कोभिड–१९ संकटकै बीच स्वदेशी एवं विदेशी लगानीकर्ता यहाँको उद्योगमा लगानी गर्न आकर्षित देखिएका हुन् । उद्योग विभागका अनुसार गत आर्थिक वर्ष (आव)को पहिलो त्रैमासको तुलनामा चालू आवको यसै अवधिमा मुलुकको उद्योग क्षेत्रमा लगानी प्रतिबद्धता रकम १९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

गत आर्थिक वर्षको पहिलो तीन महिनामा कुल ८३ वटा उद्योगका लागि ५२ अर्ब २४ करोड २१ लाख रुपैयाँ बराबरको लगानी स्वीकृत भएकोमा चालू आवको असोज मसान्तसम्मा ६२ अर्ब २७ करोड १८ लाख रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ। जुन गत आवको सोही अवधिको तुलनामा १० अर्ब १२ करोड ९७ लाख अर्थात् १९.३९ प्रतिशत बढी हो । विभागका अनुसार ५९ वटा उद्योग स्थापनाका लागि उक्त लगानी प्रतिबद्धता आएको हो ।

चालू आवको पहिलो त्रैमासमा सबैभन्दा बढी ऊर्जा र सबैभन्दा कम सूचना तथा सञ्चार प्रविधि उद्योगमा लगानी प्रतिबद्धता आएको छ, जस अनुसार ऊर्जा उद्योगमा ५१ अर्ब २४ करोड ६५ लाख र सूचना तथा सञ्चार प्रविधिमा ५५ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । सबै उद्योगमा गरी कुल ३ हजार ६ सय जनाले रोजगारी पाउने उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x