Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

भरिए आइसियुका बेड, आकस्मिक कक्षमा संक्रमित

भरिए आइसियुका बेड, आकस्मिक कक्षमा संक्रमित

काठमाडौं, ५ कात्तिक । काठमाडौं उपत्यकामा सक्रिय संक्रमित बढ्दै गएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसियुमा बेड अभाव हुन थालेको छ । दैनिक पाँचदेखि सात जनासम्म नयाँ बिरामी उक्त अस्पतालको आइसियुमा भर्ना भइरहेका छन् । तर गम्भीर प्रकृतिका संक्रमित बढेपछि उनीहरूलाई आकस्मिक कक्षमा राखेर भेण्टिलेटर र आइसियुमा बेड खाली भएपछि मात्र लैजाने गरिएको छ । आईसीयू र भेन्टिलेटरका बिरामीलाई राम्रो हुँदा आइसोलेसनमा राख्ने र त्यस ठाउँमा गम्भीर खालका नयाँ बिरामीको उपचार गरिँदै आइएको अस्पताल प्रशासनले बताएको छ ।
‘बिहानदेखि गम्भीर समस्या भएका संक्रमित अस्पतालको आकस्मिक कक्षमा कुरिरहेका हुन्छन् । शøया खाली हुनु पहिले नै पालो कुरेका बिरामीलाई मिल्नासाथ आइसियुमा सार्ने गरिएको छ,’ अस्पतालका निर्देशक डा. सागर राजभण्डारीलाई उद्धृत गर्दै राससले बताएको छ ।
अस्पतालको आइसोलेसन र आइसियु अधिकांश समयमा संक्रमितले भरिरहेको निर्देशक डा. राजभण्डारीले बताएका छन् । अस्पतालमा दैनिकजसो नै संक्रमित डिस्चार्ज भएर जानासाथ आकस्मिक कक्षमा रहेकालाई त्यहाँ सारिने गरिएको छ । अस्पतालमा बेड अभाव भएपछि गम्भीर समस्या भएका र अक्सिजन दिनुपर्ने बिरामीलाई राखिने गरिएको छ ।
उपत्यकामा संक्रमितको संख्या बढिरहँदा अस्पताललाई त्यसको व्यवस्थापन गर्न गाह्रो भएको अस्पतालले बताएको छ । अस्पतालले केही शøया बढाउन लागेको भए पनि अस्पतालको क्षेत्र नै साँघुरो भएकाले धेरै बढाउन सक्ने अवस्था नरहेको डा. राजभण्डारीको भनाइ छ ।
अस्पतालले भर्ना गर्ने भनिएका प्रकृतिका गम्भीर बिरामीलाई समेत भन्नासाथ लिन सकिने अवस्था नभएको बताइएको छ । अस्पतालका सबै शøयामा खचाखच बिरामी र अर्कातिर कार्यरत कर्मचारीलाई पनि समय समयमा संक्रमित हुँदा व्यवस्थापन गर्न कठिन भइरहेको निर्देशक डा. राजभण्डारीले बताएका छन् । भर्ना भएका सबै बिरामीलाई हेर्नुपर्ने भए पनि जनशक्ति कम भएको उनको भनाइ छ । उनका अनुसार अस्पतालमा अहिले तालीमप्राप्त नर्सको कमी छ ।
नेपालमा कोभिड–१९ को सङक्रमण शुरु भएसँगै यो अस्पतालमा परीक्षणका लागि आउनेको पनि भीड छ । सरकारी अस्पताल भएकाले र सबैलाई सहज पहुँच भएकाले संक्रमित यहीँ उपचारका लागि आउन चाहने धेरै छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x