Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

उद्यमी बन्न चाहने युवाका लागि स्टार्टअप आइडिया कल हुँदै, निःशुल्क तालीम तथा १–३ प्रतिशत ब्याजदरमा कर्जा

उद्यमी बन्न चाहने युवाका लागि स्टार्टअप आइडिया कल हुँदै, निःशुल्क तालीम तथा १–३ प्रतिशत ब्याजदरमा कर्जा

काठमाडौं, ५ कात्तिक । उद्यमी बन्न चाहने युवाका लागि बागमती प्रदेश सरकार, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रूपमा नवप्रवद्र्धन प्रस्ताव आह्वान (क्तबचत(गउ क्ष्मभबक ऋबिि) आयोजना गर्ने भएका छन् ।
युवाहरुको ज्ञान, सीप र क्षमतालाई नवप्रवद्र्धन प्रस्ताव आह्वान गरी संकलन गर्ने, उत्कृष्ट आइडिया पठाउने युवाहरुलाई उद्यमशीलता सम्वन्धी निशुल्क तालीम प्रदान गरी राष्ट्रिय बाणिज्य बैंक मार्फत युवा उद्यमीका लागि सहुलियतपूर्ण कर्जा प्रवाहका लागि बुधवार समझदारीपत्रमा हस्ताक्षर भएको छ । बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय अरुण नेपालको बिशेष उपस्थितिमा मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गाना, राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र विशाल फाउण्डेशनका अध्यक्ष नरेशप्रसाद श्रेष्ठबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
यस कार्यक्रम मार्फत प्रवाह गरीने कर्जा न्युनतम एक देखि अधिकतम तीन प्रतिशत ब्याजदर कायम गरिएको र अधिकतम १५ लाख रुपैंया सम्म सहुलियतपूर्ण कर्जा प्रवाह गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताए । यस्तै समझदारी पत्र हस्ताक्षर समारोहमा बोल्दै मन्त्री अरुण नेपालले ज्ञान, सीप र क्षमता भएका युवालाई देशमै उद्यमी बनाउन निःशुल्क रुपमा तालीम प्रदान गर्ने बताए । ज्ञान, सीप र प्रविधि सहित निकै सस्तो ब्याजदरमा बिना धितो युवाहरुले कर्जा समेत प्राप्तगर्ने भएकाले यो आर्थिक बर्षमा एकसय भन्दा बढी नयाँ स्टार्टअप कम्पनीहरु स्थापना हुने मन्त्री नेपालले विश्वास व्यक्त गरे ।
नवप्रवद्र्धन प्रस्ताव आह्वान, तालीम सञ्चालन र सहुलियतपूर्ण कर्जा प्रवाह कार्यक्रमको समन्वय गरिरहेको विशाल फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले नयाँ युवा उद्यमीका पूर्ण प्याकेज सहितको कार्यक्रम डिजाइन गरिएको जानकारी दिए । नयाँ नयाँ आइडिया भएर पनि कहाँ जाने, कस्लाई भेट्ने, लगानी कसरी खोज्ने, तालीम कसरी लिने भनेर दुविधा मा भएका युवाहरुलाई निःशुल्क रुपमा सरकार, निजि क्षेत्र सहितको साझेदारीमा यो कार्यक्रम अगाडि सारेको फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत गैरेको भनाइ रहेको छ ।
समझदारी अनुसार मङ्सीर पहिलो हप्ताबाट आइडिया कल सुरु हुनेछ । पुस र माघ महिनामा आइडिया पठाउने युवाहरुलाई तालीमप्रदान गरी फागुन र चैत्र महिनामा सहुलियकतपूर्ण कर्जा प्रवाह हुने छ । नेपालमा उद्यमी बन्न चाहने युवाका लागि यो स्टार्टअप आइडिया कल निकै उपयोगी हुने आयोजकहरुले बताएका छन् ।
राष्ट्रिय बैंकका हाल सातै प्रदेस, ७७ जिल्लामा २४२ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x