‘कोभिड प्रभावित अर्थतन्त्र उकास्न एएफआई र जी–२४ का सदस्य राष्ट्रहरूको साझा प्रयासको खाँचो’
काठमाडौं, ६ कात्तिक । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानका लागि अलायन्स फर फाइनान्सियल इन्क्लुजन (एएफआई) र जी–२४ का सदस्य राष्ट्रका सरकार र केन्द्रित बैंकहरू केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।
जी–२४ एएफआई पोलिसीमेकरर्स राउण्डटेबल बैठकमा भाग लिँदै उनले साना तथा मझौला उद्यम÷व्यवसाय (एसएमईज्)को पुनरुत्थानको निम्ति स्रोतको व्यवस्थापन, नीतिगत तथा नियामकीय सहुलियत, विद्युतीय बैंकिङ प्रणालीको प्रवद्र्धनका निम्ति केन्द्रित हुनुपर्नेमा जोड दिए ।
गभर्नर अधिकारीले कोभिड संक्रमणको विषम परिस्थितिलाई विद्युतीय भुक्तानी प्रणाली र ई–कमर्श प्रवद्र्धनको अवसरका रूपमा लिइनुपर्ने आवश्यकता औंल्याए । ‘डिजिटल बैंकिङको प्रवद्र्धनबाट युवा पुस्ताको रोजगारी प्रवद्र्धन र उद्यमशीलताको विकासमा टेवा पुग्न सक्छ,’ उनले भने ।
एलाइन्स फर फाइनान्सियल इन्क्लुजनका सञ्चालक समितिका सदस्यसमेत रहेका गभर्नर अधिकारीले कोभिडबाट देखिएको समस्यालाई अवसरको रूपमा लिएर अगाडि बढ्न्पर्ने उल्लेख गर्नुभयो ।
उक्त बैठकमा सहभागीबीच कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको असरको न्यूनीकरणका निम्ति अवलम्बन गरिएका नीतिगत प्रयास र युवा पुस्ताको वित्तीय समावेशीकरणका विषयमा छलफल भएको नेपाल राष्ट्र बैंकले बताएको छ ।
बैठकमा आर्थिक वृद्धि र विकासमा युवा पुस्ताको भूमिका र डिजिटल वित्तीय साक्षरतामार्पmत वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्नुपर्ने आवश्यकतामा समेत जोड दिइएको थियो ।