Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

खाद्य समूहका वस्तुको मूल्य ह्वात्तै बढ्यो, उपभोक्ता मूल्यवृद्धि ४.५२ प्रतिशत

खाद्य समूहका वस्तुको मूल्य ह्वात्तै बढ्यो, उपभोक्ता मूल्यवृद्धि ४.५२ प्रतिशत

काठमाडौं, ६ कात्तिक । मुलुकमा १ वर्ष अवधिमा खाद्य समूहका वस्तुको मूल्य ह्वात्तै बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकद्वारा बुधवार प्रकाशित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो । उक्त तथ्यांक अनुसार गत भदौसम्ममा अघिल्लो वर्षको सोही अवधिको तुलनामा दाल र गेडागुडीको मूल्य १३.६३ प्रतिशतले बढेको छ । यस्तै घ्यू–तेलको मूल्य ८.५ प्रतिशत, फलपूmलको मूल्य ६.२१ प्रतिशत र खाद्यान्नको मूल्य करीब ४ प्रतिशतले बढेको छ ।
समग्रमा खाद्य पदार्थ तथा पेय समूहको मूल्यवृद्धि ६.९१ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ । यस्तै तरकारीको मूल्य २६.०९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको तुलनामा तरकारीको मूल्य भदौमा एक चौथाइभन्दा धेरैले बढेको पाइएको छ ।
यसैगरी भदौसम्ममा उपभोक्ता मूल्यवृद्धि ४.५२ प्रतिशत मात्र छ । अघिल्लो वर्षको यही अवधिमा उपभोक्ता मूल्यवृद्धि ६.१६ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहको मूल्य वात्तै बढे पनि समग्र बजारको मूल्यवृद्धि भने औसत मात्रै रहेको देखिएको छ । यस्तै गैर खाद्य समूहको मूल्यवृद्धि भने २.६८ प्रतिशत मात्र रहेको छ ।
गत भदौमा वार्षिक विन्दुगत तलब र ज्याला सूचकांक १.२० प्रतिशतले बढेको छ, जसमध्ये पनि तलब सूचकांक ०.०१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा ज्याला र तलब सूचकांक १२.९० प्रतिशतले बढेको थियो । यस्तै अघिल्लो वर्षको तुलनामा सार्वजनिक संस्थानका कर्मचारीको तलबमा भने ०.१५ प्रतिशत र औद्योगिक क्षेत्रका कामदारको ज्याला २.४५ प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x