Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

दशैंमा बीओके स्मार्टबाट डिजिटल दक्षिणामा ३०० सम्मको नगद उपहार पाइने

दशैंमा बीओके स्मार्टबाट डिजिटल दक्षिणामा ३०० सम्मको नगद उपहार पाइने

काठमाडौं, ६ कात्तिक । बैंक अफ काठमाण्डू लिमिटेडले मोबाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुलाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको छ । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै बैंकले यस वर्षको दशैंमा ब्यक्तिगत दुरी कायम गरी चाडपर्व मनाउन उक्त योजना सार्वजनिक गरेको छ ।

बैंक अफ काठमाण्डूले “तिनमा तिन सय” नगद उपहार योजना ल्याएको हो । यो योजनामा बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी दक्षिणा प्रदान गर्दा एक हजार वा सो भन्दा बढि भएमा ३०० नगद उपहार लागि ग्राहकहरु योग्य हुनेछन् ।

यो उपहार योजनामा सहभागी हुन । ग्राहकले यस बैंकको मोबाईल बैंकिङ्गको प्रयोग गरी कम्तिमा ३ पटक रकमान्तर गर्नुपर्नेछ । ग्राहकले रकमान्तर गर्दा दक्षिणा प्राप्त गर्ने ब्यक्ती फरक फरक हुनुपर्नेछ । दक्षिणा प्रदान गर्दा ग्राहक महानुभावहरुले ३ कारोबार गर्दा एक हजार वा सोभन्दा बढी हुनुपर्नेछ ।

ग्राहकले दक्षिणा दिदा बैंकको मोबाइल बैंकिङ्गमा भएको फनपेमार्फत आफ्नै बैंक तथा अन्य बैंकमा भएको खातामा दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने छ । कारोबारको विबरणमा दक्षिण लेख्न पनि बैंकले अनुरोध गरेको छ । यो योजनामा सहभागी हुन ग्राहकले हिन्दु नेपालीहरुको महान चाड विजया दशमीको दिनबाट रकमान्तर गर्नुपर्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x