Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

आयात निर्यातमा उतारचढाव आउँदा १७ प्रतिशतले घट्यो व्यापार घाटा

आयात निर्यातमा उतारचढाव आउँदा १७ प्रतिशतले घट्यो व्यापार घाटा

काठमाडौं, १३ कात्तिक । बाह्य मुलुकबाट हुने समग्र आयात घट्दा चालू आर्थिक वर्षको प्रथम त्रैमासमा नेपालको व्यापार घाटामा कमी आएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको व्यापार घाटा रू. ३ खर्ब ७ अर्ब थियो । तर आयातको तुलनामा निर्यातको हिस्सा सानो भएकाले चालू आवको असोज मसान्तसम्ममा व्यापार घाटा रू. २ खर्ब ६१ अर्ब रहेको छ, जुन गत आवको सोही अवधिको भन्दा १७.६२ प्रतिशत कम हो ।
कोरोना महामारीका कारण आर्थिक व्यावसायिक गतिविधि सुस्ताउँदा गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालू आवको यसै अवधिमा आयात करिब १२.७४ प्रतिशतले घटेको छ ।
भन्सार विभागका अनुसार आवको पहिलो तीन महिनामा मुलुकमा रू. २ खर्ब ९२ अर्बको वस्तु आयात भएको छ । गत आवको यसै अवधिमा रू. ३ खर्ब ३४ अर्ब बराबरको आयात भएको थियो । वस्तु तथा सेवाको माग घट्दा आयात खुम्चिए पछि निर्यातमा भने सुधार आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा निर्यात १४.२८ प्रतिशतले बढेर रू. ३१ अर्ब ५ करोड पुगेको छ । गत आवको यसै अवधिमा मुलुकबाट रू. २७ अर्ब १६ करोड बराबरको निर्यात भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x