Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

नेपालको कृषिको विकास र ग्रामिण उद्यमशीलता प्रवद्र्धनका लागि विश्व बैंकले साढे नौ अर्ब ऋण लगानी गर्ने

नेपालको कृषिको विकास र ग्रामिण उद्यमशीलता प्रवद्र्धनका लागि विश्व बैंकले साढे नौ अर्ब ऋण लगानी गर्ने

काठमाडौं, १३ कात्तिक । विश्व बैंकले कोरोना भाइरसको महामारीबाट प्रताडित नेपालको कृषि क्षेत्रको पुनस्र्थापना र उत्पादन वृद्धिका लागि ८ करोड अमेरिकी डलर (साढे नौ अर्ब रुपैँया) ऋण स्वीकृत गरेको छ । यो कार्यक्रम अन्तर्गत कृषि उत्पादन विकास, बजारीकरणमार्फत् ग्रामीण उद्यमशीलता प्रवद्र्धन र रोजगारी सिर्जना गरिनेछ ।

विश्व बैंकद्वारा स्वीकृत ऋण सहयोगमा सञ्चालन हुने ग्रामीण उद्यमशीलता र आर्थिक विकास परियोजनाले कृषि उत्पादनको बजार पहुँचलाई प्रवद्र्धन गर्नेछ । जसबाट खासगरी महिलाले नेतृत्व गरेका उद्यमहरुको विकासमा सहयोग पुग्ने बताइएको छ । यसले ग्रामीण उत्पादनको गुणवत्ता अभिवृद्धि , रोजगारी सिर्जना तथा साना किसान र संस्थागत खरिदकर्ताबीच दीगो सम्बन्ध स्थापित गर्न सहयोग गर्नेछ । परियोजनाले नयाँ गन्तव्य बजारहरुको मापदण्ड अनुसार उत्पादनको गुणस्तर सुधारलाई ध्यान दिनेछ ।

‘यो परियोजनाले सरकार र निजी क्षेत्रलाइ आपसमा सहकार्य गर्दै ‘नेपाल ब्राण्ड’का कृषि उत्पादनलाई विश्व बजारमा पहिचान दिलाउन सक्नेछन्,’ विश्व बैंकका नेपाल, मालदिभ्स र श्रीलंकाका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसलाई उद्धृत गर्दै विश्व बैंकको नेपाल मिसनले भनेको छ, ‘नेपालको प्रतिस्पर्धी र तुलनात्मक लाभ भएका चिया, कफी, फलफूल, औषधीजन्य उत्पादनको विकासले कोरोना भाइरस महामारीपछि नेपालको कृषि क्षेत्रको पुनस्र्थापनाको गति तीव्र हुनेछ ।’

यो परियोजना प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिी र सुदुरपश्चिम प्रदेशमा कार्यान्वयन हुनेछ । ग्रामीण उद्यमीका लागि पर्याप्त बजार अवसर स्थापित हुने भन्दै विश्व बैंकले परियोजनाले प्रदेश र स्थानीय सरकार तथा मध्यस्थकर्ता संस्थाको क्षमता विकासका साथै कृषि क्षेत्रका साना र मझौला उद्यमशीलताको सुदृढीकरण र उद्यमशीलता इकोसिस्टम विकासमा काम गर्ने जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x