आरम्भ चौतारी लघुवित्तको नाफा १ करोड २९ लाख रुपैयाँ
काठमाडौं, २० कात्तिक । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७७–०७८ को पहिलो त्रैमासमा १ करोड २९ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको सोही अवधीको तुलनामा ४.८८ प्रतिशतले बढी हो । गत वर्ष संस्थाले १ करोड २३ लाख ७२ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।
यस्तै, कम्पनीको खुद ब्याज आम्दानी ५७.१४ प्रतिशतले बढेर ५ करोड ६३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा पनि १ करोड ९४ लाख रुपैयाँबाट बढेर २ करोड ३ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।
असोज मसान्तसम्म ९७ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गर्दा २ अर्ब ९३ करोड कर्जा लगानी गरेको वित्तिय विवरणमा उल्लेख छ । हाल संस्थाको चुक्ता पुँजी २६ करोड ३४ लाख रुपैयाँ छ । जगेडा कोषमा ८ करोड २७ लाख रुपैयाँ रहेको छ । खराब कर्जा १.९१ प्रतिशत छ ।