Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

नेप्से परिसूचक ४.४७ अंकले घट्दा कारोबार रकम भने १ अर्बभन्दा बढीले वृद्धि

नेप्से परिसूचक ४.४७ अंकले घट्दा कारोबार रकम भने १ अर्बभन्दा बढीले वृद्धि

काठमाडौं, २० कात्तिक । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेप्से परिसूचक ४.४७ अंक घटेर बन्द भएको छ । हिजो पनि घटेको बजार आज १६३६.१७ विन्दुमा झरेको हो । त्यस्तै हिजोको तुलनामा आज शेयर कारोबार रकम भने वृद्धि भएको छ । हिजो १ अर्ब ७५ करोड रुपैयाँको कारोबार भएकोमा आज २ अर्ब ८४ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

२०० कम्पनीको ३५ हजार ३३५ पटकको कारोबारमा ९१ लाख २३ हजार ८९६ कित्ता शेयर खरिद विक्री भएको छ । आज सर्वाधिक मूल्यको शेयर खरिद विक्री प्राइम कमर्शियल बैंक लिमिटेडको भएको छ । यो कम्पनीको २० करोड ८४ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको हो ।

सर्वाधिक शेयर मूल्य वृद्धि सानिमा जनरल इन्स्योरेन्स कम्पनी, रइराङ हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, गोर्खा फाइनान्स लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडको भएको छ । यी कम्पनीको प्रतिशेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये ४ वटा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक वृद्धि हुनेमा होटल समूह ०.२८ प्रतिशत, विकास बैंक समूह ०.२४ प्रतिशत, हाईड्रोपावर समूह ०.९८ प्रतिशत र जीवन बीमा समूह ०.०१ प्रतशित वृद्धि रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x