Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

व्यापार प्रवद्र्धनमा जोड दिन पाकिस्ताका राजदूतलाई परिसंघको आग्रह

व्यापार प्रवद्र्धनमा जोड दिन पाकिस्ताका राजदूतलाई परिसंघको आग्रह

काठमाडौं, २० कात्तिक । नेपाल उद्योग परिसंघले पाकिस्तानसँग आर्थिक साझेदारी तथा द्विपक्षीय व्यापार प्रवर्द्धनका लागि सम्बन्धित देशमा कार्यभार सम्हाल्न जान लागेका नेपाली राजदूतहरुलाई आग्रह गरेको छ । परिसंघले पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीसँग अन्तरक्रिया गर्दै परिसंघले सफलकार्यकालको शुभकामना दिदै व्यापार प्रवद्र्धनमा जोड दिएका हुन ।

राजदूतअधिकारिसँगको अन्तरक्रियामा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले नेपाल उद्योग परिसंघले आर्थिक कूटनीतिलाई उच्चमहत्व दिदैं आएको बताए । उनले देशको आर्थिक विकासकालागि लगानी तथा व्यापार प्रर्वद्धनका लागि आर्थिक कूटनीतिमा विभिन्न देशमा रहेका नेपाली दूतावासहरुसँग परिसंघले संवाद तथा सहकार्यलाई सुदृढ गर्न प्रयासरत रहेको बताए ।

छलफलमा राजदूत अधिकारीले नेपाल र पाकिस्तानबीच रहेको हार्दिकतापूर्ण सम्बन्धको उपयोग गरेर द्विपक्षीय व्यापार तथा लगानी विस्तारमा देखिएका अवरोध हटाउने कामलाई मुख्य प्राथमिकतामा राखेको बताए । यसैगरि टर्कीलाईपनि प्रतिनिधित्व गर्ने भएकाले त्यसतर्फको निर्यात बढाउने तर्फ पनि आफूले ध्यान दिने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x