Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

रुग्ण ठेक्का चाँडो टुंग्याउन मन्त्री नेम्वाङको निर्देशन, विभागको त्रैमासिक भौतिक प्रगति करिब १०%

रुग्ण ठेक्का चाँडो टुंग्याउन मन्त्री नेम्वाङको निर्देशन, विभागको त्रैमासिक भौतिक प्रगति करिब १०%

काठमाडौं, २१ कात्तिक । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले मन्त्रालय अन्तर्गतका सबै आयोजना र डिभिजन सडक कार्यालयलाई रुग्ण ठेक्का चाँडो टुंग्याउन निर्देशन दिएका छन् । सडक विभाग, राष्ट्रिय गौरव आयोजना, क्षेत्रीय तथा डिभिजन कार्यालय प्रमुखलाई भौतिक र वित्तीय प्रगति प्राप्त हुने गर्नेगरी काम अघि बढाउन मन्त्री नेम्वाङले निर्देशन दिएका हुन् ।
मन्त्रालय अन्तर्गतका सबै निकायको पहिलो त्रैमासिकको प्रगति विवरणबारे बिहीवार आयोजित भर्चुअल बैठकमा उनले रुग्ण ठेक्कामा भएको ढिलाइबारे बुझेर समाधान निकाल्नुपर्ने बताएका छन् । मन्त्रालय, विभाग, आयोजनाले पनि निर्माणका काम भइरहेका स्थानमा अनुगमन बढाउनुपर्ने उनको जोड छ । निर्माण व्यवसायीलाई जिम्मेवार बनाउनुपर्ने भन्दै उनले प्रगति नभएका र सम्पर्कमा नआएकालाई कालोसूचीमा राखेर कारबाही अघि बढाउनुपर्ने बताएका छन् । गत वर्षभन्दा चालु आवको अन्त्यसम्ममा भौतिक र वित्तीय गरी दुवै प्रगति बढाउनुपर्नेमा उनको जोड छ । कुनै पनि आयोजनामा रहेका नीतिगत समस्या समाधानमा आफू तयार रहेको उनले भनाइ छ ।
मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले कुनै पनि योजनामा रहेका समस्या अन्तरमन्त्रालय सम्वादमार्फत हल गर्न सकिने भए आफूले तत्काल पहल गर्ने बताए ।
प्रधानमन्त्रीका विकास सल्लाहकार गजेन्द्र थपलियाले कोभिड–१९ को समयमा पनि सडक विभागको प्रगति आशालाग्दो देखिएको बताए । चालू आवको पहिलो त्रैमासिकमा करिब १० प्रतिशत प्रगति भएको जानकारी उनले दिए ।
सडक विभागका महानिर्देशक केशवकुमार शर्माले विभिन्न आयोजनामा राम्रो काम भइरहे पनि कतिपयमा अपेक्षा गरेअनुसार हुन नसकेको औंल्याए । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादूर हमालले ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्नका लागि कार्ड खरिद प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x