Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

बन्दाबन्दी खुले पनि दुग्ध उत्पादनको दैनिक खपत ७० प्रतिशत मात्र

बन्दाबन्दी खुले पनि दुग्ध उत्पादनको दैनिक खपत  ७० प्रतिशत मात्र

काठमाडौं, २१ कात्तिक । कोभिड रोकथामका लागि लामो समयसम्म गरिएको बन्दाबन्दी खुले पनि दुग्ध व्यवसाय अझै लयमा फर्किनसकेको व्यवसायीले बताएका छन् । बन्दाबन्दी हटेपछि विभिन्न व्यवसाय खुले पनि होटल, विद्यालय लगायत बन्द हुँदा दैनिक ७० प्रतिशतसम्म मात्र दूध तथा दुग्धजन्य वस्तुको खपत भएको डेरी व्यवसायीले बताएको राससमा उल्लेख छ ।
बन्दाबन्दीका बेला दैनिक रू। १० करोडसम्म नोक्सानी भएको भन्दै नेपाल डेरी एशोसिएशनले बन्दाबन्दी खुलेर बजारमा चहलपहल हुँदा विस्तारै दुग्ध खपत पनि बढ्दै गएको बताएको छ । यद्यपि अझै दूध र दुग्धजन्य वस्तुको खपत बढी हुने शहर बजार क्षेत्रमा बस्दै आएका अधिकांश नागरिक गाउँमै रहँदा खपत कम भएको संघका महासचिव प्रल्हाद दाहालको भनाइ छ ।
बन्दाबन्दीको बेला दूग्ध खपत कम हुँदा स्टक रहेका सामग्री विस्तारै खपत भएको संघले बताएको छ । त्यति बेला रू। ५ अर्बभन्दा बढीको स्टक सामग्री हुँदा स्टोर क्षमता समेत नभएको अवस्थामा हाल रू। १ अर्ब बराबरको मात्र रहेको दाहालले जानकारी दिए ।
बन्दाबन्दीपछि दैनिक संकलन समेत घटेको संघले बताएको छ । हाल दैनिक दूध संकलनमा ३० प्रतिशत कमी आएको अध्यक्ष दाहालको भनाइ छ ।
नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुने गरेकोमा औपचारिक क्षेत्रमा १७ प्रतिशत र अनौपचारिक क्षेत्रमा ३३ प्रतिशत खपत हुँदै आएको छ संघको तथ्यांक छ । यस्तै कृषक स्वयंले ५० प्रतिशत उपभोग गर्ने गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x