
काठमाडौं, १३ फागुन । जनता बैंक नेपाल लिमिटेडले आज लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा नयाँ शाखा कार्यालय स्थापना गरेको छ। नेपाल राष्ट्र बैंकको प्रत्येक स्थानीयतहमा बैंक शाखा पु¥याउने नीतिअनुरुप सो शाखा संचालनमा ल्याइएको बैंकले जानकारी दिएको छ।
यो बैंकको ९५औं शाखाहो । लमजुङ जिल्लाको ग्रामिण क्षेत्रका साविकका ८ गाविस समेटिएर बनेको दोर्दी गाउँपालिकाको समेत कारोवार गर्ने यस शाखाले गाउँपालिका क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिकानिर्वाह गर्नुको साथै गाउँपालिकाका जनताहरुले यस शाखाबाटआधुनिक बैंकिङ सुबिधालिई जिबनस्तर सहजबनाउन सक्नेछन् भन्ने बैंकले अपेक्षा लिएको छ ।
यस सगै बैंकले देशभरीबाट ९५ शाखा, २६ शाखा रहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३एक्सटेन्सनकाउन्टर तथा ६७ एटिएमहरु मार्फत करिव ५ लाखग्राहकलाई सेवा दिदै आएको छ।
Leave a Reply