Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

काठमाडौंको न्यूरोडमा मुक्तिनाथ विकास बैंकको शाखा संचालनमा

काठमाडौंको न्यूरोडमा मुक्तिनाथ विकास बैंकको शाखा संचालनमा

काठमाडौं, १३ फागुन । मुक्तिनाथ विकास बैंक लिमिटेडले काठमाण्डौको न्यूरोड स्थित देव प्लाजामा रहेको शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखाको आज नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. तिलक बहादुर रावलले उद्घाटन गरे ।

कार्यक्रममा बैंक संचालक समितिका सदस्य नारायण कुमार श्रेष्ठले उपस्थित सम्पूर्णलाई धन्यवाद दिंदै बैंकको प्रगतिमा साथ दिन सबैलाई अनुरोध गरेका थिए । त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालले मुक्तिनाथ विकास बैंकलाई वर्तमान अवस्थासम्म ल्याउन सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरुलाई आभार व्यक्त गरे ।

बैंकको उक्त शाखा संचालनसंगै काठमाण्डौ उपत्यकाभित्र ९ वटा शाखा तथा उपत्यका बाहिर ६५ वटा शाखा सहित कुल ७४ वटा कार्यालयबाट वित्तीय सेवा प्रवाह गर्दै आईरहेको छ । बैंकले २०७४ माघ मसान्तसम्म कुल निक्षेप रु. २१ अर्व ९२ करोड पुगेको छ भने कुलकर्जा लगानी रु. २० अर्व १ करोड पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x