Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

लक्ष्मी बैंकद्वारा प्रहरी चौकीनिर्माणका पाँच लाख सहयोग

लक्ष्मी बैंकद्वारा प्रहरी चौकीनिर्माणका पाँच लाख सहयोग

काठमाडौं, १३ फागुन । लक्ष्मी बैंकले सुनसरी जिल्लाको भोक्राहा प्रहरी चौकी निर्माणको लागि पाँच लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकले भोक्राहामा नयाँ शाखाको शुभारम्भ गरेको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेह खालिङ्गले भोक्राहा प्रहरी चौकी निर्माण उपभोक्ता समितिका अध्यक्ष महेन्द्र कुमार शाहलाई सो रकम बराबरको चेक चेक हस्तान्तरण गरे ।

उक्त कार्यक्रममा भोक्राहा गाउँपालिकाका अध्यक्ष महेन्द्र कुमार यादव, जिल्ला प्रहरी कार्यालयका अधिकृत, वडाध्यक्ष, उद्योग बाणिज्य संघ भोक्राहाका प्रतिनिधि तथा स्थानीहरुको सहभागिता रहेको थियो । गाउँपालिका प्रमुख यादवले लक्ष्मी बैंकको सहयोग प्रतिविशेष धन्यवाद व्यक्त गर्दै आगामी ३ महिनाभित्र प्रहरी चौकीनिर्माण सम्पन्न गरिसक्ने योजना रहेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x