कुमारी बैंकको कुल लाभांश यथावत, नगद र बोनसमा परिमार्जन
काठमाडौं, २३ कात्तिक । बैंकले यस अघि घोषणा गरेको लाभांशमा कुल लाभांश परिवर्तन नगरी बोनस र नगद लाभांशको दर मात्र परिमार्जन गरेको छ । हो । बैंकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट चुक्ता पुँजीको १०.८५ प्रतिशत बोनस शेयर र ३.१५ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
यसअघि बैंकले १० प्रतिशत बोनस शेयर र कर सहित ४ प्रतिशत नगद लाभांश गरी शेयरधनीलाई कुल १४ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो । बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार बोनस र नगद लाभांशको दर मात्र परिमार्जन गरी कुल लाभांशलाई भने कायम राखेको छ ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।