Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अमेरिकी राष्ट्रपतिमा बाइडन, प्रधानमन्त्री ओलीले दिए बधाई

अमेरिकी राष्ट्रपतिमा बाइडन, प्रधानमन्त्री ओलीले दिए बधाई

काठमाडौं, २३कात्तिक । जो बाइडन अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने भएका छन् । डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडनले रिपब्लिकन पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराएका हुन् ।

बीबीसीको अनुमान अनुसार महत्वपूर्ण मानिएको पेन्सिल्भेनिया राज्यमा वाइडनले जित हात पारेका छन् । जसले बाइडनलाई ह्वाइट हाउसमा पुग्न चाहिने २७० इलेक्टोरल ल कलेज भोटको आंकडा पार भएको छ । बीबीसी, न्यूयोर्क टाइम्स, फक्स न्यूज लगायतले गरेको यो अनुमान ती राज्यहरुको परिणाममा आधारित छ, जहाँ भोट गणना सकिसकेको छ र केहीमा अन्तिम चरणमा छ ।

अमेरिकामा राष्ट्रपतीय निर्वाचनबाट ५३८ इलेक्टोरल कलेज प्रतिनिधिहरु छानिन्छन् । अमेरिकामा राष्ट्रपति बन्न २७० इलेक्टोरल भोट आवश्यक पर्छ ।

प्रधानमन्त्री ओलीले दिए बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप मजबुत बनाउन अमेरिकी नेतृत्वसँग मिलेर काम गर्ने पनि बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x