Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

महालक्ष्मी विकास बैंक लि. र एसआरएल डायग्नोस्टिक (नेपाल)प्रा.लि.बीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता

महालक्ष्मी विकास बैंक लि. र एसआरएल डायग्नोस्टिक (नेपाल)प्रा.लि.बीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता

काठमाडौं, २४ कात्तिक । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले एसआरएल डायग्नोस्टिक (नेपाल) प्रा.लि.सँग २०७७ कात्तिक २३ गते आइतवार एक सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट महाराजगंज शाखाका प्रमुख पल्लभश्रेष्ठ र कम्पनीका तर्फबाट नायब बजार प्रमुख अजय यादवले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्नेग्राहक तथा कर्मचारीहरुले एसआरएल डायग्नोस्टिक (नेपाल) प्रा. लि.मा उपचार गराउँदा प्रयोगशाला परिक्षणमा छुट प्राप्त गर्न सक्नेछन् । सम्झौताअनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु साथै कर्मचारीहरुले प्रयोगशालाका सम्पूर्ण परिक्षणमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
देशभरी १०३ वटा शाखाहरुबाट बंैकिङ्ग सेवाप्रदानगर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले आगामी दिनहरुमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x