Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सुनको मूल्य एकै दिन ३ हजार ४०० घट्यो

सुनको मूल्य एकै दिन ३ हजार ४०० घट्यो

काठमाडौं, २५ कात्तिक । स्थानीयबारमा मंगलबार सुनको मूल्य ३ हजार ४०० रुपैयाँ घटेको छ । केही समययता लगतार उकाले लागेको सुनको मूल्य मंगलबार एकैचोटी ३ हजार ४०० रुपैयाँ घटेको हो ।

सोमबार प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९४ हजार ८०० रुपैयाँमा खरिद विक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजाबि सुनको मूल्य ९४ हजार ३०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबारको लागि चाँदीको मूल्य प्रतितोला एक हजार २१५ रुपैयाँ कायम भएको छ । जुन अघिल्लो दिनको तुलनामा ७० रुपैयाँले कम हो । सोमबार चाँदीको मूल्य एक हजार २८५ रुपैयाँ रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x