Date

बिहि, अशोज ४, २०८०
Thu, September 21, 2023

आजको विदेशी मुद्रा विनिमय दर

करिब ७८ प्रतिशतले घट्यो बाह्य पर्यटक आगमन

करिब ७८ प्रतिशतले घट्यो बाह्य पर्यटक आगमन

काठमाडौं, २५ कात्तिक । कोभिड महामारीका कारण नेपालमा बाह्य पर्यटक आगमन व्यापक मात्रामा घटेको देखिएको छ । नेपालमा बढी मात्रामा पर्यटक आउने मुलुकहरू अमेरिका, यूरोप लगायत महामारीका कारण नराम्ररी प्रभावित हुँदा पर्यटक आगमनमा समेत ठूलो कमी आएको हो ।
गतवर्ष २०१९ को तुलनामा यस वर्षको १० महिना अवधिमा बाह्य पर्यटक आगमन करिब ७७ दशमलव ७४ प्रतिशतले घटेको छ । कोभिडकै बीच सन् २०२० को १० महिनामा नेपालमा २ लाख १८ हजार १७३ जना पर्यटक भित्रिएका छन्, जब कि गत वर्षको सोही अवधिमा ९ लाख ७५ हजार ५५७ विदेशी पर्यटक नेपाल आएको अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
नेपाल पर्यटन बोर्डका अनुसार कोरोना महामारी शुरू भएको तीन महिनामा उल्लेख्य पर्यटक आएकोमा त्यसपछिका महिनामा भने पर्यटक आगमन न्यून रहेको छ । बोर्डद्वारा सार्वजनिक अध्यागमन विभागको तथ्यांकले सन् २०२० को जनवरीमा ७९ हजार ६८६, फेब्रुअरीमा १ लाख एक हजार ४०० र मार्चमा ३४ हजार २५ जना पर्यटक नेपाल आएको देखाएको छ ।
यसैगरी अप्रिलमा १३ जना, मेमा ३० जना, जुनमा १०० जना, जुलाईमा १९५ जना, अगस्टमा २६८ जना, सेप्टेम्बरमा ५८२ जना र अक्टोबरमा १८७४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x