Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

तिहारको पूर्वसन्ध्यामा दक्षिणकालीका व्यवसायीबीच सेलरोटी बनाउने प्रतिस्पर्धा

तिहारको पूर्वसन्ध्यामा दक्षिणकालीका व्यवसायीबीच सेलरोटी बनाउने प्रतिस्पर्धा

काठमाडौं, २५ कात्तिक । दक्षिणकाली मन्दिरको परिचय बोकेको सेलरोटीको मौलिकता र बजारीकरण गर्ने उदेश्यले सोमबार त्यहाँका ब्यवसायीहरुबीच सेलरोटी पकाउने र पस्कने कलाको प्रतिस्पर्धा आयोजना गरिएको छ । शुभ दिपावाली नजिकै जाँदा तिहारमा पकाइने मुख्य परिकार मध्येको एक सेलरोटी र दक्षिणकाली मन्दिरको धार्मिक पर्यटन प्रवर्दन गर्ने उदेश्यले मन्दिर क्षेत्रमा रहेका करिब ५ दर्जन ब्यवसायीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
ललितपुर सातदोबाटो स्थित आइएचएम कलेज र आइएम विथ सेफको संयोजन तथा दक्षिणकाली नरपालिका र पर्यटन बोर्डको सयुक्त सहकार्यमा नेपाली सेफ र कलरीनरी जगतका एक दर्जन भन्दा बढि संघसस्थाको संयुक्त आयोजनामा पहिलो कार्यक्रम सम्पन्न भएको हो । नेपाली मौलिक खानालाई स्थानीय स्तरबाटै चिनाउने र त्यसको मौलीकता तथा बजार प्रवद्र्धन गर्ने उद्देश्यले कर्मा मिडियाको व्यवस्थापनमा कार्यक्रम आयोजना गरिएको हो ।
प्रतियोगितामा सहभागि ब्यवसाहीलाई ३ समुहमा बिभाजन गरि सेफहरुको ३ ओटा निर्णायक मण्डलीले तयारी, मौलिकता, स्वाद र बजारीकरणको सम्भावना लगायतको मापदण्डलाई आधार बनाएर उत्ृष्ट ३ ब्यवसायीको छनौट गरेका थिए ।
प्रतियोगितामा मायादिदीको खाजाकी सञ्चालक माया ब्लोन प्रथम, जयकाली खानाका सञ्चालक सारदा तामाङ द्वित्तीय र बालकृष्ण श्रेष्ठले तृतीय स्थान हासिल गर्न सफल भए । उनिहरुलाई दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले क्रमश नगद १०, ७ र ५ हजार तथा प्रशंसापत्रले सम्मानित गरे ।
होटल एसोसिएसन अफ नेपाल हानका उपाध्यक्ष बिनायक शाहले कोभिडका कारण पर्यटन वर्ष नै स्थगित गर्नु परेको अवस्थामा यस किसिमका कार्यक्रममा ब्यवसायीमा हौसला बढ्ने र गुठस्तर बढ्दै जादा त्यसको खपत पनि बढ्ने बताए ।

नेपालका पहिलो एक्जुकेटिभ सेफ गोबिन्द नरसिंह केशीले (सेलरोटीको स्वाद ) मार्फत मौलिक खानाको बिश्व बजारीकरणमा जुटेका सबैलाई एउटै शुत्रमा बाधेको बताए । कार्यक्रम मुलक आयोजक कमिटिका संयोजक एवम् आइएचएम कलेजका निर्देशक सुराच प्रसाईले नेपाली मौलीक खानाको प्रवर्दशनमा यस किसिमको बृहत सहभागिताले खानाको मौलिकता प्रवद्र्धनमा एकता, सहकार्य र सम्मानको नया अध्याय सुरु गरेको बताए । नेपाल सेफ एसोसिएसन (क्यान), रेस्टुरेन्ट एसोसिएसन अफ नेपाल (रेबान) र ग्लोबल सेफ फेडेरेसनलगायत संस्थाले पनि कार्यक्रमलाई साथ दिएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x