Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

१०औं वार्षिकोत्सव मनाउँदै फुडमाण्डु, १० वटा स्टार्टअपसँग सहकार्य गर्ने

१०औं वार्षिकोत्सव मनाउँदै फुडमाण्डु, १० वटा स्टार्टअपसँग सहकार्य गर्ने

काठमाडौं, २५ कात्तिक । सन् २०१० नोभेम्बर ११ मा नेपालको पहिलो फुड डेलिभरी कम्पनीको रुपमा स्थापना भएको कम्पनीले १०औं वार्षिकोत्सव मनाउँदै छ । आफ्नो १०औं वार्षिकोत्सव फरक ढंगले मनाउने योजना बनाएको फुडमाण्डुले नेपालका १० स्टार्टअप कम्पनीहरुसँग १० दिनसम्म सहकार्य गर्ने बताएको छ ।
सस्तो डील, यूजी बजार, टुटल, हेल्मेट्स नेपाल, किताब यात्रा, स्टुडियो सार्कास्टीक, कटन मील्स, खाली सिसी, ब्रज व्युटी तथा सजिलो मर्मत सेवा जस्ता स्टार्टअप कम्पनीहरू उक्त सहकार्यमा सहभागी हुनेछन्, जस अन्तर्गत अन्य व्यवसायमा संलग्न कम्पनीहरु मार्फत फूडमाण्डुको फुड डेलिभरी गराई ग्राहकलाई सरप्राइज दिने योजना भएको कम्पनीका ब्राण्ड मार्केटिङ्ग एण्ड सेल्स प्रमुख श्याम रत्न मालीले जानकारी दिए ।
त्यस्तै, खाने कुरा मात्र डेलिभरी गर्दै आएको फुडमाण्डुले सहकार्यमा संलग्न कम्पनीहरुका विभिन्न प्रकारका निश्चत सामान पनि ग्राहकले आप्mनो प्लाटफर्म मार्फत अर्डर गर्न सक्ने व्यवस्था मिलाएको छ । ‘यस प्रकारको कार्यले नेपाली स्र्टाटअपहरूबीच सहकार्यको विकास हुने र नेपाली ग्राहकहरुलाई स्थानीय कम्पनीहरुको बारेमा जानकारी अभिवृदी हुने पनि आशा लिएका छौं,’ कम्पनीका संस्थापक मनोहर अधिकारीले भने ।
कम्पनीले यस अवस पारेर यही नोभेम्बर ११ देखि २१ तारिखसम्म अफर तथा सेवाहरुको घोषणा गरेको छ, जसअन्तर्गत २५ भन्दा बढी रेष्टुरेन्टहरुबाट अधिकतम ५० प्रतिशतसम्मको छुट उपलब्ध गराएको छ । साथै एनआईसी एसिया बैंकका प्रयोगकर्ताहरुले क्रेडिट कार्ड वा डेबिट कार्डमार्फत भुक्तानी गर्दा अधिकतम २० प्रतिशत वा रु. ५०० सम्म क्यास ब्याक पाउनेछन् ।
कम्पनीले फुडमाण्डू फ्रेश अफिशियल लोगो सार्वजनिक गरेको छ । फुडमाण्डु फ्रेशले फ्रेश ग्रोशरी डेलिभरी सेवाहरु नीना एण्ड हेगर, सब्जिल्याण्ड, गोल्डेन फ्रेश मार्टलगायतका ग्रोशरीबाट सिधै ग्राहकहरुको ढोकामा डेलिभरी गर्दै आएको छ । यसमा फ्रेश भेजिटेबल, फ्रोजन मिट, बेकरी आईटम र फलफुललगायतका ताजा उत्पादनहरु डेलिभरी गर्दै आइरहेको छ ।
यही अवसरमा कम्पनीले नयाँ सेवा ‘फूडमाण्डु गो’ को पनि घोषणा गरेको छ । यो सेवा रेष्टुरेन्टहरुको लागि फुड डेलिभरी गर्न लजिष्टिक सपोर्टको रुपमा उपलब्ध हुनेछ, जसअन्तर्गत आफ्नो रेष्टुरेन्टमा आएका अर्डरहरु डेलिभरी गर्न फुडमाण्डुको लजिस्टिक फ्लीटलाई प्रयोग गर्न सकिने फुडमाण्डुका ब्राण्ड मार्केटिङ्ग एण्ड सेल्स प्रमुख श्याम रत्न मालीले बताए । ‘फूडमाण्डु गो रेष्टुरेन्टहरुको व्यवसायलाई सपोर्ट गर्न र उनीहरुको सेवा बिस्तार गर्न उपयोगी हुनेगरि ल्याईएको छ,’ उनले भने ।
नेपालको पहिलो र नेतृत्वदायी फुड डेलिभरी कम्पनी फुडमाण्डुले हाल दैनिक १,००० भन्दा बढि फुड डेलिभरी गर्दै आएको छ जसले नेपालमा २५० जना भन्दा बढिलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी समेत प्रदान गरेको छ । कम्पनीले आगामी दिनमा आफ्नो सेवालाई थप स्थानहरुमा समेत बिस्तार गर्दै लाने उद्देश्य लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x