Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

नबिल बैंकले ल्यायो तिहारमा पनि सन्देश मुलक भिडियो

नबिल बैंकले ल्यायो तिहारमा पनि सन्देश मुलक भिडियो

काठमाडौं, २७ कात्तिक । नबिल बैंकले महामारीको समयमा सुरक्षित रुपमा तिहार मनउँ भन्ने सन्देशसहितको भिडियो सार्वजनिक गरेको छ । सुरक्षित तवरले तिहार मनाउँ भन्ने सन्देश दिनका लागि उक्त भिडियो ल्याएको बताइएको छ ।

नबिल बैंकले दशैंको समयमा पनि कोरोना संक्रमण फैलन नदिकन सुरक्षित तवरले दशैं मनाऔं भन्ने सन्देशका साथ एउटा भिडियो सार्वजनिक गरेको थियो । जुन भिडियो धेरैले मन पराएका थिए । उक्त भिडियोमा देखाइएको कथा अहिले धेरैको जीवनस“ग मेल राख्न गएको छ । दशैंको भिडियो सामाजिक संजालमा (फेसबुक, युटुब, इन्ष्टाग्राम, टुईटर, लिंक्डइन) मा कुल १३ लाख दर्शकहरुले हेरेका थिए ।

तिहारको यस भिडियोले अहिलेको अवस्थामा भौतिक रुपमाभन्दा भावनात्मक रुपका नजिक भएर तिहार मनाऔं भन्ने सन्देश सरल ढंगले दिएको छ । भिडियो नविल बैंकको अफिसियल युटुव च्यानलमा हेर्न सकिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x