Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

एनआईसी एशिया बैंकको २३ औं साधारण सभा मंसिर २१ गते

एनआईसी एशिया बैंकको २३ औं साधारण सभा मंसिर २१ गते

काठमाडौं, २७ कात्तिक । एनआईसी एशिया बैंकले मंसिर २१ गते २३ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकले उक्त साधारण सभाबाट यो वर्ष घोषणा गरेको २० प्रतिशत लाभांश प्रस्ताव पेश गरिने छ ।

बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६–७७ को लागि १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावसहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित चालू आवको लागि लेखापरिक्षक नियुक्ती लगायतका विषय सभाले पारित गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले मंसिर १० गतेदेखि बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर ९ गतेसम्म कायम शेयरधनीहरुले प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *