Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

शुक्रवार एनआइबिएल सहभागिता फण्डको इकाइ खरिद गर्न सकिने

शुक्रवार एनआइबिएल सहभागिता फण्डको इकाइ खरिद गर्न सकिने

काठमाडौं, २७ कात्तिक । धनतेरसका दिन (शुक्रवार) एनआइबिएल सहभागिता फण्डको इकाइ खरिद गर्न सकिने भएको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ र सामूहिक लगानीकोष नियमावली, २०६७ बमोजिम नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवद्र्धक र एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित खुलामुखी उक्त योजना संचालनमा आएको एक वर्ष पूरा भइसकेको कम्पनीले जानकारी दिएको छ । हालै अनलाइन प्रणालीबाट इकाइ खरिद गर्न मिल्ने व्यवस्था मिलाएको यस फण्डले धनतेरसको अवसरमा ईच्छुक लगानीकर्तालाई सो योजनामा लगानी गरी पूँजीबजारमा लगानीको शुभारम्भ गर्न सक्ने व्यवस्था मिलाएको छ । यस क्यापिटलले यही शुक्रवार (कात्तिक २८ गते) बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म उक्त फण्डका इकाइहरु अनलाईन मार्फत खरिद गर्न मिल्ने व्यवस्था मिलाइएको जानकारी गराएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x