Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एनआईसी एशिया बैंकको २३ औं वार्षिक साधारण सभा मंसिर २१ गते

एनआईसी एशिया बैंकको २३ औं वार्षिक साधारण सभा मंसिर २१ गते

काठमाडौं, २८ कात्तिक । एनआईसी एशिया बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा मंसीर २१ गते बस्ने भएको छ । बैंकले थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा साधारणसभा सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैंकको २३ औं वार्षिक साधारण सभामा आर्धिक वर्ष २०७६÷७७ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आसार मसान्तसम्मको वासलात र नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गरिने जनाइएको छ ।

त्यस्तै गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनश शेयर १ प्रतिशत नगद लाभांश पारित गरिने छ । बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन÷थप गर्ने लगायतका विशेष प्रस्तावमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची समावेश गरिएको छ । बैंकले मंसिर १० देखि २१ गतेसम्म बैंकको शेयर दाखिल खारेज दर्ता बन्द रहने बताइएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धी निर्देशन एवं मापदण्डहरूको परिपालना गर्दै साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुनसक्ने व्यवस्था गरिएको छ । साधारण सभामा अनलाइन सहभागीताको लागि बैंकद्वारा शेयरधनीहरूलाई मिटिङ आइडी र पासवर्ड उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । यसरी उपस्थित शेयरधनी महानुभावहरूले साधारण सभामा आफ्नो मन्तव्य राख्न पाउँने व्यवस्थासमेत मिलाइएको छ ।

हाल बैंकले ३२७ शाखा कार्यालय, ४७० एटीएम, १०२ वटा एक्स्टेन्सन काउण्टर र ७३ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x