Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

कामना सेवा विकास बैंकको १४ औं वार्षिकोत्सव सम्पन्न

कामना सेवा विकास बैंकको १४ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं, २८ कात्तिक । कामना सेवा विकास बैंक लिमिटेडले १४ औं वार्षिकोत्सव डिजिटल प्रविधिमार्फत सम्पन्न गरेको छ । बैंकका अध्यक्ष सुदिप आर्चायकोे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सम्पूर्ण सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, नायव महाप्रबन्धक, क्षेत्रीय तथा विभागीय प्रमुखहरुले वार्षिक उत्सवकोे उपलक्ष्यमा शुभकामना आदन प्रदान गरेका थिए ।

शुभकामनाको क्रममा बैंकका अध्यक्ष सुदिप आचार्यले बैंकको लामो यात्रामा महत्वपूर्ण सहयोग पु¥याउने नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज लि, सि. डि. एस. एन्ड क्लियरिङ लि, बि.ओ.के क्यापिटल, कर्जा सुचना केन्द्र, पूर्व सञ्चालकहरु, कर्मचारी वर्ग, आम सञ्चार माध्यम, सहयोगी संघ संस्थाहरु तथा सम्पूर्ण शुभेच्छुकहरुप्रति हार्दिक आभार प्रकट गरे ।

शुभकामना आदन प्रदान कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले कोभिड–१८ को कारण बैंक तथा वित्तीय संस्थाहरुमा पारेको प्रभाव र यस अवस्थामा बैंकले कर्मचारी तथा ग्राहकहरुको सुरक्षाको लागि अपनाएका विधि प्रक्रियाहरुको बारेमा प्रष्ट पारेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x