दरबार स्कूललाई अनलाइन सिकाइ र शिक्षामा सघाउँदै जोन्टा क्लब काठमाडौं
काठमाडौं, ४ मंसिर । जोन्टा क्लब काठमाडौंले दरबार स्कुललाई अनलाइन सिकाइ र शिक्षामा सहयोग गरेको छ । क्लबले मोबाइल उपकरणहरू र ल्यापटपहरूको वितरणमार्फत उक्त स्कूललाई अनलाइन कक्षामा सघाएको हो ।
जोन्टा क्लबलाई यस कार्यक्रममा सनराइज बैंक, सीपीएसएन र संस्कृति इन्टरनेशनल स्कूलले साथ दिएका छन् । नोभेम्बर १३ तारिखबाट यो अनलाइन परियोजनाको आधिकारिक सुरुवात गरिएको क्लबले बताएको छ । परियोजनाले यी विद्यार्थीहरूलाई कोभिड—१९ बीच एक अनलाइन शिक्षा प्लेटफर्म प्रदान गर्दछ । यी स्कूलहरूले अनलाइन कक्षा कोठाहरू संचालन गर्न सक्षम हुने बताइएको छ ।
जोन्टा क्लब काठमाडौं नेपाल कानुनी रूपमा दर्ता गरिएको एक गैर—सरकारी संस्था हो, जुन २०१२ मा जोन्टा इन्टरनेशनलको छाता अन्तर्गत काठमाडौंमा स्थापना भएको हो । यसले महिलाहरुको आर्थिक, शैक्षिक, स्वास्थ्य सुधार गर्ने उद्देश्यका साथ युवासंग सम्बिन्धत मुद्दा र महिला हिंसा विरुद्ध राष्ट्रिय र स्थानीय स्तरमा सेवा र वकालत मार्फत महिलाहरुको स्तरउन्नतिका लागि काम गरिरहेको छ ।