Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

धोबीखोला करिडोर १६ किमी कालोपत्र, एक वर्षभित्र सम्पन्न गर्न निर्देशन

धोबीखोला करिडोर १६ किमी कालोपत्र, एक वर्षभित्र सम्पन्न गर्न निर्देशन

काठमाडौं, ६ मंसिर । काठमाडौँ उपत्यकाको मुख्य सडकको सवारी चाप कम गर्ने उपायका रूपमा हेरिएको धोबीखोला करिडोर निर्माण १६ किलोमिटर कालोपत्र सकिएको छ । खोलाको दुवैतर्फ १२÷१२ किमी गरी २४ किमी लम्बाइको सडक एक वर्षभित्र सम्पन्न गर्न शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले निर्देशन दिएका छन् । शुक्रवार सो करिडोरको स्थलगत निरीक्षण गर्दै मन्त्री नेम्वाङले उक्त निर्देशन दिएका हुन् ।
काठमाडौँको सुन्दरताका रूपमा रहेको करिडोरमा कुरुपता आएकाले त्यसाई हटाउनुपर्नेमा जोड दिनुभयो । ललितपुर र काठमाडौँको सीमामा पर्ने शंखमूलबाट शुरु भएर धोबीखोलको किनारै किनार बूढानीलकण्ठसम्म करिडोर रहेको छ ।
मन्त्री श्रेष्ठले सडकमा रहेका खाल्डाखुल्डी हटाउन, सरसफाइमा ध्यान दिन र कालोपत्र गर्न बाँकी सडक सम्पन्न गर्न पनि निर्देशन दिएका छन् । त्यस्ता स्थानमा संस्थान र प्राधिकरणबीच समन्वय आवश्यक रहेको उनले औंल्याए ।
करिडोर निर्माणमा हालसम्म मुआब्जासमेत गरी रु तीन अर्ब ५० करोड खर्च भइसकेको छ । काठमाडौँ महानगरपालिकाले विसं २०५६ मै करिडोरको निर्माण गर्ने भने पनि अघि बढाउन सकेको थिएन । सरकारले महानगरले नसकेपछि विसं २०६३ मा आयोजना सञ्चालनको जिम्मेवारी प्राधिकरण (तत्कालीन नगर विकास समिति) लाई दिइएको थियो । करिडोरमा पर्ने घर, टहरालगायतका संरचना हटाउँदै सडक निर्माण गरिएको छ । सडक निर्माणस्थल खाली गराउने काम झण्डै ९९ प्रतिशत सकिएको प्राधिकरणका विकास आयुक्त डा. भाइकाजी तिवारीले बताए ।
करिडोर चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको भए पनि पहिराका कारण चालू आवमा सम्पन्न गर्न नसकिने देखिएको प्राधिकरणले बताएको छ । पहिले सडकमा ढल र सडक निर्माणको काम फरकफरक कम्पनीले गरेको भए पनि अहिले एउटै निर्माण कम्पनीमार्फत अघि बढाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x