माउण्टेन इनर्जी नेपाल लिमिटेडको शेयर रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल

काठमाडौं, ५ मंसिर । माउण्टेन इनर्जी नेपाल लिमिटेडको शेयर रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल नियुक्त भएको छ । हालै सर्वसारधारणमा शेयर निष्कासन भई बाँडफाँड गर्न बाँकी रहेको माउण्टेन इनर्जी नेपाल लिमिटेडले आफ्ना शेयरधनीको शेयर दाखिला खारेज लगायतको शेयरसँग सम्बन्धित सबै काम गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको जानकारी दिएको छ । मंसिर ४ गते विहिबार माउण्टेन इनर्जी र एनआईबिएल एस क्यापिटलबीच शेयर रजिष्ट्रार नियुक्ति गर्ने सम्बन्धी सम्झौता भएको हो । सोही मितिबाट उक्त सम्झौता लागू हुने समेत बताइएको छ । अब उक्त शेयरहरु बाँडफाँट भई सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा अभौतिकीकरण तथा नेपाल स्टक एक्सचेज लिमिटेडमा सूचीकरण पश्चात् बाँडफाँटमा परेका शेयरधनीहरुको शेयर हितग्राहीखातामाजम्मागर्ने लगायत शेयर रजिष्ट्रारको हैसियतले गर्नुपर्ने सम्पूण कामहरु एनआईबिएल एस क्यापिटल लिमिटेडबाट हुनेछ । उक्त सम्झौतामा माउण्टेन इनर्जीको तर्फबाट अख्तियार प्राप्त सञ्चालक डोलराजशर्मा र एनआईबिएल एस क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् ।