Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

सेञ्चुरी कमर्सियल बैंकको दुई किसिमको अनलाइन एकाउन्ट सेवा सुरु

सेञ्चुरी कमर्सियल बैंकको दुई किसिमको अनलाइन एकाउन्ट सेवा सुरु

काठमाडौं, ५ मंसिर । सेञ्चुरी कमर्सियल बैंकले दुई किसिमका अनलाइन एकाउन्ट सेवा सुरु गरेको छ । कोरोना भाइरसको कारणले गर्दा बैंकका सेवाग्राहिहरुलाई पर्न गएको समस्यालाई मध्यनजर गर्दै बैंकले सेञ्चुरी सहज खाता र सेञ्चुरी क्लीक एकाउन्ट सेवा सुरु गरेको हो ।

उक्त सेवाको सुरुवात गरेसँगै ग्राहकहरुले घरमै बसेर शुन्य मौज्दातमा खोल्न सक्ने उक्त खाताहरुमा बैंकले वार्षिक ५.५० प्रतिशतका दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने छ । बचत खातामा उच्चतम प्रतिफलका साथ खोल्न मिल्ने उक्त खाताहरु ग्राहकहरु बैंकमा उपस्थित हुन नपर्ने हुँदा डिजिटल बैंकिङ्गलाई प्राथमिकता दिदैं उक्त बचत खाताहरुमा प्रबर्धनको निम्ति बढि ब्याजदर दिइएको बैंकले जनाएको छ ।

सेञ्चुरी सहज खातामा नयाँ ग्राहकले खाता खोल्नका साथै उक्तखातामा तुरुन्तै पैसा जम्मा गरी सेन्चुरी पेमार्फत वालेटको कारोबारसमेत गर्न सकिनेछ । यस नयाँ सेवा मार्फत ग्राहक वर्गहरुले विभिन्न डिजिटल माध्यमबाट प्रतिदिन ५ हजार बराबर क्यासलेस कारोबार गर्न सक्नेछन् । उक्त खातामा वार्षिक एक लाखसम्म कारोबार गर्न सकिनेछ ।

सेञ्चुरी क्लीक एकाउन्टमा नयाँ ग्राहकले अनलाइनबाटै खाता खोल्नुका साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गर्न पनि सकिनेछ । उक्त खातामा वार्षिक १५ लाखसम्म कारोवार गर्न सकिने बैंकले जनाएको छ । विशेष गरी विदेशमा रहेका नेपालीहरुलाई लक्षित गरि बैंकले यो खाता संचालनमा ल्याएको बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x