Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

सेयर कारोबारमा नयाँ कीर्तिमान

सेयर कारोबारमा नयाँ कीर्तिमान

काठमाडौं, ७ मंसिर । यो साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार ४.६९ अंकले बढेर १७८२.८१ को विन्दुमा उक्लिएको छ । आज कारोबारमा आएका १२ समूह मध्ये वाणिज्य बैंक, विकास बैंक र अन्य समूहको सूचक बढेपनि बाँकी अरु सबै समूहमा गिरावट आएको छ ।

यसअघि २०७३ साउनमा नेप्से हालसम्मकै उच्च १८८१ विन्दुमा पुगेको थियो ।

यस्तै कारोबार रकममा पनि नयाँ रेकर्ड कायम भएको छ । आज २ सय १ कम्पनीको ६ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। गत साताको अन्तिम दिन बिहीबार पनि ६ अर्ब ६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

प्रविधिमार्फत लगानीकर्ताले घरबाटै सहज तथा सुरक्षित तबरले कारोबार, रकम भुक्तानी तथा शेयर हस्तान्तरण गर्न सक्ने भएकाले कारोबार रकमलगायत शेयर बजारका अन्य परिसूचकमा सकारात्मक प्रभाव परेको बताइएको छ। नेप्सेका अनुसार हालसम्म अनलाइनमार्फत कारोबार गर्न १ लाख ७५ हजारभन्दा बढी लगानीकर्ताले युजरनेम र पासवर्ड लिएका छन् ।

आज सबैभन्दा धेरै कमाउनेमा सिटिजन्स म्यूचूअल फन्ड २, जानकी फाइनान्स र प्रभु बैंकका लगानीकर्ताहरु छन् । यस्तै गुमाउनेमा माउन्टेन हाइड्रो नेपाल र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर तर्फका लगानीकर्ताहरु रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x