Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

राष्ट्र बैंकले पौने पन्ध्र अर्बको ट्रेजरी बिल जारी गर्ने

राष्ट्र बैंकले पौने पन्ध्र अर्बको ट्रेजरी बिल जारी गर्ने

काठमाडौं, ८ मंसिर । नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन, १ सय ८२ दिन र १ वर्षको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

भोली (मंगलबार) जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो २ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले ९१ दिनको लागि २ अर्ब २३ करोडको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी फागुन ११ गते परिपक्व हुनेछ ।

यस्तै, १ सय ८२ दिनको लागि १२ अर्ब ४७ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०७८ जेठ ११ गते परिपक्व हुनेछ भने १ वर्षको लागि ११ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०७८ मंसिर ७ गते परिपक्व हुनेछ ।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x