सनराइज बैंकले गन वर्षको नाफाबाट ८.२८ प्रतिशत लाभांश दिने
काठमाडौं, ८ मंसिर । सनराइज बैंकले ८.२८ प्रतिशत लाभांश दिने भएको छ। बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७६–०७७ को नाफाबाट ५.८० प्रतिशत बोनस शेयर र २.४८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्विकृत भएपश्चात उक्त प्रस्ताव आगामी साधारण सभामा पेश गरिने छ । सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण सुरु गरिनेछ । बैंकले ५२ करोड १ लाख ३३ हजार रुपैयाँ बराबरको बोनस र २२ करोड २४ लाख १ हजार रुपैयाँ नगद लाभांश बाढ्ने छ ।