Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

चालु आर्थिक वर्षको असोज मसान्तसम्म ३ अर्ब ८४ करोड सहुलियतपूर्ण कर्जा लगानी

चालु आर्थिक वर्षको असोज मसान्तसम्म ३ अर्ब ८४ करोड सहुलियतपूर्ण कर्जा लगानी

काठमाडौं, १० मंसिर । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ३ अर्ब ८४ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा लगानी भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साधारण पुनरकर्जा र भूकम्प पीडितलाई निजी आवास निर्माणमा तीन महिनाको अवधिमा ३ अर्ब ८४ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा लगानी भएको हो । जसअन्तर्गत साधारण पुनरकर्जा २ अर्ब ८५ करोड रुपैयाँ र भूकम्प पीडितलाई निजी आवास निर्माणका लागि प्रदान गरिएको पुरकर्जा ९९ करोड रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्ममा कुल ४१ हजार ६१८ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई ७२ अर्ब ४७ करोड कर्जा बक्यौता रहेको राष्ट्र बैंकले जनाएको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत २७ हजार ३६९ ऋणीलाई ६१ अर्ब २५ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत १४ हजार २४९ ऋणीको ११ अर्ब २२ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x