Date

मङ्ल, असार ३१, २०८२
Tue, July 15, 2025

श्रम स्विकृती लिएर विदेश जाने ९६ प्रतिशतले घट्दा रेमिट्यान्स आय भने १२ प्रतिशतले बढ्यो

श्रम स्विकृती लिएर विदेश जाने ९६ प्रतिशतले घट्दा रेमिट्यान्स आय भने १२ प्रतिशतले बढ्यो

काठमाडौं, १० मंसिर । चालू आर्थिक वर्ष २०७७÷७८ को तीन महिनामा नेपालको विप्रेषण आप्रवाह (रेमिट्यान्स आय) १२.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांक अनुसार सोही अवधीमा २ खर्ब ५८ अर्ब ८६ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.१ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.६ प्रतिशतले बृद्धि भई २ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ४.७ प्रतिशतले घटेको थियो ।

कोरोनाले विश्वव्यापीरुपमै आर्थिक मन्दी सृजना गरेकाले चालू वर्षमा विप्रेषणआप्रवाह घट्ने अनुमान गरिएको छ । विश्व बैंकले पनि यो वर्ष विश्वभर रेमिट्यान्सको प्रवाहमा २० प्रतिशत कमी आउँदा नेपाल भित्रिने रेमिट्यान्स भने १४ प्रतिशत घट्न सक्ने आकलन गरेको छ ।

अन्तिम श्रम स्वीकृति लिने भने घटे

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९६.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.७ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७८.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.९ प्रतिशतले घटेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *