पहिलो तीन महिनामा वस्तु आयात १२.७ प्रतिशतले घट्यो
काठमाडौं, १० मंसिर । चालू आर्थिक वर्ष २०७७÷७८ को तीन महिनामा कुल वस्तु निर्यात १४.३ प्रतिशतले वृद्धि भई ३१ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४.४ प्रतिशतले वृद्धि भएको थियो ।
गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः १९.४ प्रतिशत र ७.४ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पm ५३.२ प्रतिशतले घटेको छ । यस्तै, वस्तुगत आधारमा जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, अलैंची, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, हस्तकलाका सामान, छाला लगायतका वस्तुको निर्यात घटेको छ ।
यस्तै, सो अवधीमा कुल वस्तु आयात १२.७ प्रतिशतले घटेर २ खर्ब ९२ अर्ब २७ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १०.३ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ६.६ प्रतिशत, २६.९ प्रतिशत र १९.० प्रतिशतले घटेको छ ।