Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

शेयर बजारमा उत्साह कायमै, परिसूचक १८७४ विन्दुमा

शेयर बजारमा उत्साह कायमै, परिसूचक १८७४ विन्दुमा

काठमाडौं, १० मंसिर । नेप्से परिसूचक १८७४ विन्दुमा उक्लिएको छ । आज बजार परिसूचक ६४.७७ अंकले बढेर परिसूचक सो विन्दुमा पुगेको हो ।

पछिल्लो समय शेयर बजारमा निकै सुधार भईरहेको छ । हिजै मात्र पनि परिसूचक २९.६८ अंकले बढेको थियो । आज कारोबारमा आएको १२ समूह मध्ये होटल बाहेक अरु सबै समूहमा बृद्धि भएको छ। होटल समूहमा भने ०.०५ प्रतिशको मात्र गिरावट छ ।

परिसूचकसँगै बृद्धि भएसँगै कारोबारमा पनि निकै बृद्धि भइरहेको छ । आजै मात्र १ सय ९७ कम्पनीको ४ अर्ब ९७ करोड रुपैयाँ बढीको शेयर कारोबार भएको छ । तर यो कारोबार रकम हिजोको तुलनामा भने झन्डै ५० करोड रुपैयाँ कम हो ।

नेप्सेले सकारात्मक बाटो समातेसँगै लगानीकर्ताहरु निकै उत्साही भएका छन् । केपी शर्मा ओलीको नेतृत्वमा सरकार बने यता नै ओरालो बाटोमा लागेको नेप्सेले अहिले आएर सुधारको बाटो समातेपछि लगानीकर्ताको मनोबल बढेर बजारमा लगानी बढाउन थालेको जानकार बताउछन् ।

त्यस्तै आजको कारोबारमा शिवम् सिमेन्ट, एनएमबि माइक्रोफाइनान्स र विशाल बजार कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् । यी तीन वटै कम्पनीको शेयर मूल्य आज १० प्रतिशतले बढेको छ। गुमाउनेमा भने हिमालयन पावर पाटनर र नेशनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरु छन् । यी दुई कम्पनीको शेयर मूल्य पनि क्रमश ः २.९४ र २.९० प्रतिशतले घटेको छ ।

सबैभन्दा धेरै शेयर कारोबार भने नेको इन्स्योरेन्सको भएको छ । आज इन्स्योरेन्सको ४२ करोड २९ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x