Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

पोखरामा ‘अन कल’ भेन्टिलेटर सेवा सुरु

पोखरामा ‘अन कल’ भेन्टिलेटर सेवा सुरु

पोखरा, १५ मंसिर । कोरोना संक्रमितको उपचारमा भेन्टिलेटरको अभावले संक्रमीतको मृत्यु भएका बेला पोखरामा अन कल भेन्टिलेटर सेवा सुरु भएको छ । काठमाडौंको नेपाल भेन्टिलेटर सर्भिस सहकार्यमा नेपाल भेन्टिलेटर सर्भिस कास्की गठन भएसँगै आजदेखि सेवा सुरु भएको हो । संस्थाले आज पोखरामा पत्रकार सम्मेलन गर्दै सेवाबारे जानकारी गराएको हो ।

संस्थाले हाल १ भेन्टिलेटरसहित हाइफ्लोज नोजल क्यानेला जुटाई सेवा सुरु गर्दैछ । संस्थाका कास्की अध्यक्ष विश्वशंकर पालिखेले भेन्टिलेटर जोहो गर्न सरकारी संयन्त्र सुस्ताएका बेला सेवाभावको उद्देश्यसाथ आफूहरुले पोखरा भेन्टिलेटर सर्भिस स्थापना गरेको जानकारी दिएका छन् । यस कार्यका लागि सरकारी निकायसँग सहकार्यको अपेक्षा गरेको तर भर भने नपरेको पनि पालिखेले जनाए । ‘यो कार्यलाई बृहत रुपमा लैजान सरकारी निकायहरुको आश गरेका छौं, तर भर परेका छैनौं ।’

संस्थाले ल्याएका ती उपकरण हाल मेडिप्लस अस्पतालमा राखिएको छ । जुन अस्पतालमा कोरोना संक्रमितका लागि भेन्टिलेटरको अभाव हुन्छ, त्यहाँ तत्काल संस्थाको भेन्टिलेटर र अन्य उपकरण उपलब्ध गराइनेछ । संस्थाका अनुसार भेन्टिलेटर प्रयोग गरेवापत् सरकारी अस्पतालले १ हजार रुपैयाँ, सामुदायिक अस्पतालले २ हजार, निजी अस्पतालले ३ हजार रुपैयाँ बुझाउनु पर्नेछ ।
त्यस्तै क्यानेला प्रयोगवापत् निजी अस्पतालले ७ सय रुपैयाँ, सामुदायिकले ५ सय र सरकारीलाई ३ सय रुपैया शुल्क लिइने संस्थाका सदस्य रामकृष्ण ज्ञवालीले जानकारी दिएका छन् । यो शुल्क प्रत्येक २४ घण्टाका लागि हो ।

भेन्टिलेटर सञ्चालनका लागि दक्ष जनशक्तिको समेत अभाव भएकाले संस्थाले नै यसै हप्ताभित्र स्वास्थ्यकर्मीलाई आवश्यक तालिम प्रदान गर्ने जनाइएको छ । भेन्टिलेटर सर्भिस कास्कीले हाल १ वटा मात्रै भेन्टिलेटर आफूहरुसँग भएपनि यसलाई १० वटासम्म पु¥याउने लक्ष्य लिएको छ । गैरनाफामुलक संस्था भएकाले सबैलाई सहयोग गर्न आग्रह गर्दै संस्थाका अध्यक्ष पालिखेले आफ्नो व्यक्तिगत तर्फबाट १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

त्यस्तै सदस्यहरु विप्लव पौडेल, सुनिल गोशेली, रोटरीका पूर्व गभर्नर किरणलाल श्रेष्ठले समेत जनही १÷१ लाख रुपैयाँ सहयोगको घोषणा गरे । नेपाल युवा उद्यमी मञ्च पोखराले पनि आवश्यक भेन्टिलेटर खरिदका लागि सहयोगका रुपमा २ लाख रुपैयाँ दिने अध्यक्ष पुनित वैद्यले जानकारी दिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x